Terms and Condition

  • Home
  • Terms and Condition

Terms and condition


शर्तहरु :


. यो सम्झौता पत्र बमोजिमका कार्य अगाडि बढाउनको लागि निम्नबमोजिमको  कागजातहरु दोस्रो पक्षले प्रथम पक्ष समक्ष पेश गर्नु पर्नेछ ः


   क) १८ वर्ष उमेर पुगेको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि थान १

   ख) हालसालै खिचिएको पासर्पोट साईजको फोटो थान — २

   ग) हालको बसोबासको पुर्ण ठेगाना …………………………………………………….   

   घ) सम्पर्क मोबाईल नं ………………….  इमेल ः ……………………………………


२ प्रथम पक्षको काम, कर्तव्य, अधिकार र जिम्मेवारी ः


   क) यस सम्झौता पत्रमा उल्लेखित शर्तहरु तथा वस्तुको प्रत्यक्ष विक्रि (व्यवस्थापन तथा     नियमन गर्ने ) ऐन, २०७४ तथा नियमावली, २०७६ का प्रावधानहरु एवं उपभोक्ताको हित संरक्षणका सम्बन्धमा दोस्रो पक्षलाई तालिम एंव क्षमता विकासका अन्य माध्यमबाट प्रशिक्षित गर्न गराउनु पर्नेछ ।

    ख) दोस्रो पक्ष वा उपभोक्ताहरुको मागको आधारमा कम्पनीबाट विक्री वितरण गर्ने बस्तु यथोचित समय मै उपलब्ध गराउनु पर्नेछ । 

    ग) उपरोक्त “ख” बमोजिमका बस्तुहरुको बिक्री मुल्यसहितको विवरण कम्पनीको रजिष्ट्रर्ड कार्यलय, शाखा कार्यलय वा विक्रि कक्षमा सबैले देख्ने स्थानमा चुस्तरुपमा राख्नु पर्नेछ तथा दोश्रो पक्ष समेतलाई उपलब्ध गराउनुपर्नेछ । यस सम्बन्धी विवरण बस्तुको प्रत्यक्ष विक्री ( व्यवस्थापन तथा     नियमन गर्ने) ऐन,२०७४ तथा नियमावलि २०७६ बमोजिमको ढाँचा र समय सिमा भित्र वाण्ज्यि, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग समक्ष पेश गर्नुपर्नेछ ।

   घ) वस्तुहरु बिक्रि वितरण गर्दा विक्रेता ÷ वितरक एंव उपभोक्तालाई समय सिमा तोकि वस्तु विक्रि वितरण वा उपभोग गर्नुपर्ने गरी सामान्यतया ः परिमाण ÷मात्रा तोक्न पइने छैन । तर कम्पनिको नियमानुसारको सेवा सुबिधा प्राप्त गर्न भने कम्पनिको बजार अनुसारको सेवा सुविधा प्राप्त गर्न भने कम्पनीको बजार योजना अनुसारको विक्री वा खपत गर्न गराउन प्रोत्साहन गर्न सकिनेछ । 

    ङ) दास्रो पक्षले विक्री वितरण गरेको बस्तुको परीमाण  (Volume) का आधारमा वस्तुको विक्री- वितरण भएमा कम्पनीको बजार योजना अनुसार कम्पनीले तोकेको सेवा सुविधा, कमिसन लगायतका अन्य लाभांशहरु उपलब्ध गराउनु पर्नेछ । सो को पुर्ण वितरण व्यापारिक सफ्टवेरमा पनि व्यवस्थित गर्नुपर्नेछ । 

    

३ दोस्रो पक्षको काम, कर्तव्य,अधिकार र जिम्मेवारी:


    क) पहिलो पक्षले वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागबाट विक्री वितरण गर्न अनुमति पाएमा अनुसुची बमोजिमका पहिलो पक्षमा वस्तुहरु मात्र विक्री वितरण गर्नु - गराउनु पर्नेछ ।

    ख) प्रथम पक्षबाट प्राप्त बस्तु नगद रकम लिइ विक्री वितरण गरी प्रथम पक्षकै नामको एंव नगदी रसिद काट्नु पर्नेछ ।

    ग) उपरोक्त “क” बमोजिम वस्तुको  बिक्री वितरण गर्दा बिक्री गरीने वस्तुको वारेमा ग्राहक- उपभोक्तालाई जानकारी गराई राजीखुसीले मात्र खरिद गर्नका लागि प्रोत्साहित गर्नु - गराउनु पर्नेछ । 

    घ) उपभोक्तालाई भ्रम पार्ने वा कुनै प्रकारको अनुुचीत प्रभाबमा पार्ने कार्य गर्न पाउने छैन । त्यस्तो कार्य गरेमा कारबाहिको भागेदार हुनुपर्ने छ । 

    ङ) ग्राहक र उपभोक्ताले खरिद गर्न चाहेको वस्तु निजले प्राप्त नगरेसम्म उक्त वस्तुको मुल्य वापतको रकम असुल गनु हुदैन । 

    च) आफु मातहत रहने गरी सर्शत वा निर्शत कसैलाई पनि (Title) दिई वा नदिई वस्तु विक्री वितरण गर्न गराउन वा र्माकेटिङ लगायतका कार्य गर्नु गराउनु हुदैन । तर प्रथम बजार योजना एवं वस्तुको (नियमन एवं व्यवस्थापन गर्न बनेको) ऐन २०७४ र नियमावली २०७६ मुताबिक वस्तुको बजार प्रबर्धन भने गराउन सकिने छ ।

    छ) वितरक हरुले विशेषत: निम्न कार्यहरु गनु पर्नेछ:

          अ) कम्पनीका उत्पादनहरुको बारेमा बजार एवं बिक्री प्रबर्धन Market and Sales Promotion)

          आ) वस्तुको विक्री वितरण (Sales and Distribution)  गर्ने गराउने ।

           इ) कम्पनीका बजारयोजनाको बारेमा अभिमुखिकरण कार्यक्रम गर्ने गराउने ।

     ज) विक्री वितरण गरेको वस्तुको परिमाण ( Volume) का आधारमा प्रथम पक्षबाट

         द्धितीय पक्षले प्रथम पक्षको अनुसुची १ मा उल्लेख भए अनुसाको सेवा सुविधा , 

         कमिसन वा बोनसहरु प्राप्त गर्नेछन ।

     झ) वस्तुको प्रत्यक्ष विक्री (व्यबस्थापन तथा नियमन गर्न बनेको ) ऐन ,२०७४ र नियमावलि, २०७६ बमोजिम वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा तालुक निकायले दिने निर्देशन भित्र रहेर कम्पनीसंग बजारिकरण गर्नु - गराउनु पर्नेछ ।

     ञ) प्रथम पक्षबाट प्राप्त वस्तुहरु आफ्नो अनुकुलता बजारिकरण, बजार प्रबर्धन वा बिक्री वितरण एवं नियमअनुसार कारोबार गर्नुपर्नेछ ।

      ट) सेवा सुविधाहरु कम्पनीको बजारीकरणको योजनामा उल्लेख भए अनुसार हुनेछ । 

        (अनुसुची १)


४. दोस्रो पक्षको  कानुनि दायित्व  

     क शर्त न. ३ (क) मा उल्लेख भएअनुसार वस्तु विक्री वितरण गरे गराय कुनैपनि  किसिमको आर्थिक तथा कानुनी दायित्व व्यहोर्नु पर्ने छैन ।

ख) प्रथम पक्षको हित विपरीतको कार्यहरु, वस्तुको प्रत्यक्ष (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ र नियमावाली, २०७६ विपरीतका गैरकानूनी काम गरे गराएमा त्यसको जिम्मेवारी लिनुपर्नेछ ।

ग) ग्राहक वा उपभोक्ताबाट वस्तु खरिद बापतको रकम बाहेक अन्य रकम लिएमा सो को तिर्न बुझाउने दायित्व हुनेछ ।

घ) व्यक्तिगत कारोबार वा अन्य कारोबारमा प्रथम पक्षको नाम जोडी कुनै किसिमको कारोबार गर्ने वा गैर कानुनी कामहरु गर्नु हुदैन, गरे गराएमा आफै जिम्मेवार हुनुपर्नेछ ।

ङ) माथि उल्लेखित कार्यहरु गरेको जनकारी प्रथम पक्षलाई प्राप्त हुन आएमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीको लागि सम्बन्धित तालुक निकायमा उजुरी गर्न सक्नेछ ।

च) वस्तुको प्रवर्धन गर्ने कार्यक्षेत्र नेपाल अधिराज्यभर हुनेछ ।


५. खरिद गरेको वस्तु फिर्ता गर्न सक्ने 

क) आम उपभोक्ताहरुले प्रथम पक्षबाट खरिद गरेको वस्तुको मूल्य, गुणस्तर, परिमाण वा उपयोगितामा  चित्त नबुझेमा वस्तुको प्रत्यक्ष (नियमन तथा व्यवस्थापन गर्न बनेको) ऐन, २०७४ । नियमावाली, २०७६ मा भएको व्यवस्था अनुसार वस्तु खरिद गरेको मितिले तीस दिनभित्र प्रथम पक्षलाई फिर्ता गर्न सक्नेछ । तर उक्त वस्तुहरु पुनः विक्री गराउन सकिने स्थितिमा हुनुपर्नेछ ।


६. सम्झौताको अन्त्यः

क) यो सस्झौताको अवधि कम्पनी रहेसम्म हुनेछ । उक्त अवधि समाप्त नहुदै सम्झौता भंग गर्नुपर्ने अवस्थामा भंग गर्न चाहने पक्षले अर्को पक्षलाई ३५ दिन अगावै जानकारी दिनुपर्ने छ । यसै ३५ दिनको अवधि भित्रै दुई पक्ष बिचको जिन्सी वा नगद लेनदेनको हिसाब किताब फरफराउ गरिसक्नु पर्नेछ । तर निम्न अवस्थामा ३५ दिने पूर्व सूचना नदिई जुनसुकै बखत यो सम्झौता अन्त्य हुन सक्नेछ ।

अ) वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ तथा नियमावली, २०७६ बमोजिम पालना गर्नुपर्ने शर्त र निर्देशन पालना व्यवसाकि नैतिकता प्रतिकुल कार्यहरु गरेमा ।

आ) प्रथम पक्षबाट विक्री वितरणका लागि दोस्रो पक्षले प्राप्त गरेको वस्तुको तोकिएको समयमा रकम चुक्ता नगरेमा ।

इ) दोस्रो पक्षले अन्य कम्पनीको वस्तुहरुको Marketing Promotion तथा विक्री वितरण गरेमा ।

ई) वस्तुको प्रत्यक्ष विक्री (नियमन तथा व्यवस्थापन गर्न बनेको) ऐन, २०७४ र नियमावाली, २०७६ तथा नियमन निकायबाट दिएका निर्देशन विपरीतका कार्य गरेमा ।

उ) बजार प्रवर्धन गर्ने क्रममा प्रथम पक्षको नीति, निर्देशक प्रतिकुल दोस्रो पक्षले आफुलाई मात्र फाइदा पुग्ने गरी वस्तुको विक्री वितरण गरेमा ।


७. निर्देशन पालना तथा विवाद समाधानः

क) वस्तुको प्रत्यक्ष विक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ तथा नियमावाली, २०७६ का प्रावधानहरु तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले समय समयमा दिने निर्देशनको पूर्ण पालना गर्नु दुवै पक्षको कर्तव्य एवं जिम्मेवारी हुनेछ ।

ख) वस्तुको प्रत्यक्ष विक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ तथा नियमावाली, २०७६ बमोजिम प्रथम पक्षले लागू गरेको वस्तुको विक्री नीति र कार्यविधि (समय समयमा हुने संशोधनहरु समेत) पालना दोस्रो पक्षले गर्नु पर्दछ । पालना नगरेका कारणहरु विवाद, दावी वा नोक्सानको लागि पालना नगर्ने पक्षले जिम्मेवारी लिनु पर्नेछ ।

ग) दुई पक्ष बिच कुनै विवाद भएमा प्रथम चरणमा आपसी सहमतिमा विवाद समाधानल गरिनेछ । दुई पक्ष विच सहमतिमा कायम हुन नसकेमा दोस्रो चरणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकोे मध्यस्थतामा समाधानको प्रयास गरिनेछ । दोस्रो चरणमा प्रयासमा पनि विवाद समाधान हुन नसकेमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको निर्णयानुसार हुनेछ ।


८. अन्य व्यवस्थाहरु

क) दोस्रो पक्षले प्रथम पक्षबाट प्राप्त गर्ने वस्तुहरुमा कानुन अनुसार लाग्ने कर समावेश हुनु पर्दछ ।

ख) प्रचलित कानून अनुसार प्रथम पक्षबाट दोस्रो पक्षले पाउने बोनस तथा कमिसनमा कर कट्टी गनुपर्नेछ । बोनस प्राप्त गर्नका लागि दोस्रो पक्षसाग अनिवार्य रुपमा प्यान (PAN) नम्बर भएको हुन पर्दछ ।

ग) दोस्रो पक्षले प्रथम पक्षको प्रतिनिधितत्व गर्नेछ । प्रथम पक्षको पहिचानसंग सम्बन्धित लोगो टेडमार्क (Trademark) प्रयोग गर्नेछ ।

घ) यो सम्झौता पत्रले प्रथम पक्ष र दोस्रो पक्ष बीच कुनै किसिमको एजेन्सी वा रोजगारीको सम्बन्ध स्थापित हुने छैन ।

ङ) यस सम्झौतामा उल्लेखित कुराहरु यसै बमोजिम र उल्लेख नभएका कुराहरु प्रचलित नेपाल कानुन बमोजिम हुनेछ ।

च) कुनै पनि विक्रेता वा वितरकहरुले प्रथम पक्षको गोपनीयता कायम नगरी व्यापार ह्रास आउने काम गरेमा, निर्दिष्ट नीति नियमभन्दा बाहिर गई कार्य गरे गराएमा प्रचलित कानुनको उल्लंघन गरेमा वा आफ्नो अनुकुलताको लागि उपभोक्ताहरुलाई हानी नोक्सानी पुन्याउने काम गरेमा त्यसको भागप्दार सम्बन्धित पक्ष नै हुनुपर्नेछ ।